प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक आजका लागि स्थगित « Arthapath.com
२१ जेष्ठ २०८०, आईतवार

प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक आजका लागि स्थगित



काठमाडौं । प्रतिपक्षी दल दलले अवरोध गरेपछि रोकिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहितका दलले अवरोध गरे पश्चात सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो।

आइतबार एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रवाको बिरोद्ध पछि एक घण्टाका लागि बैठक स्थगित भएको थियो । तर आइतबार बस्ने संभावना नभएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको हो ।

नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा राष्ट्रघाती काम भएको भन्दै उनीहरुले बिरोध गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्