विश्व वातावरण दिवसको अवसरमा विरुवा वृक्षारोपण « Arthapath.com
२२ जेष्ठ २०८०, सोमबार

विश्व वातावरण दिवसको अवसरमा विरुवा वृक्षारोपण



काठमाडौं । विश्व वातावरण दिवसको अवसर पारेर, काठमान्डौ जिल्ला टोखा नगरपालिका वडा नं १ मा निर्माणाधिन शान्ति पार्कमा एभोकाडो फलफुलको विरुवा वृक्षारोपण गरिएको छ । हरेक वर्ष जुन ५ को दिन मनाइने विश्व वातावरण दिवसमा यस वर्षको नारा Beat Plastic Pollution रहेको हो ।

टोखा नगरपालिका र मुक्तिनाथ फाउन्डेशनको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रम मुक्तिनाथ विकास बैंक लि., मुक्तिनाथ कृषि कम्पनी लि., मुक्तिनाथ क्यापिटल लि. र रोयल बहुउद्देश्यिय सहकारी संस्थाको सहयोगमा संचालन भएको थियो ।

कार्यक्रमा टोखा नगरपालिकाको मेयर, उपमेयर, प्रमुख प्रशासकिय अधिकृत, वडा नं १ का वडा अध्यक्ष लगायतका जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । त्यस्तै मुक्तिनाथ फाउन्डेशनका अध्यक्ष भरतराज ढकाल, फाउन्डेशनका संचालक, मुक्तिनाथ समुह र रोयल सहकारीका अध्यक्ष, संचालन, प्रमुख कार्यकारी अधिकृत लगायत उल्ल्ेख्य रुपमा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

टोखा नगरपालिका वडा नं १ का वडा अध्यक्षले पार्कको संरक्षणमा सरकारको साथ साथै स्थानिय बासिन्दा र सवैको साझा दायित्व रहेको बताए । साथै कार्यक्रमा सहकार्य गरेकोमा मुक्तिनाथ फाउन्डेशन र सम्बद्ध सवैलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रमा शुभकामना मन्तव्य राख्दै टोखा नगरपालिकाका नगर प्रमुखले नगरलाई हरियालि बनाउँदै स्वच्छ र सफा नगर बनाउने दिर्घकालिन योजना रहेको बताउँदै यस्तो कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो । साथै मुक्तिनाथ समुहलाई फोहोर व्यवस्थापन र अन्य साझा कार्यक्रममा पनि सहकार्य गर्न पहल गर्ने बताए ।

साथै मुक्तिनाथ फाउन्डेशनका अध्यक्ष ढकालले, वातावरण संरक्षण र प्रवद्र्धन सम्बन्धि अभियानमा यहि २० गते बाग्मती सफाई महाअभियानमा सहभागि हुँदै शुरु गरेको र आगामी ५ वर्षमा फाउन्डेशनको अगुवाइमा तथा मुक्तिनाथ समुह सहित विभिन्न सरकारी र गैर सरकारी निकायको सहकार्यमा कम्तीमा १० लाख भन्दा बढि फलफुल तथा काष्ठजन्य विरुवाहरुको रोपण गर्ने लक्ष्य राखेको बताए । यसले वातावरण संरक्षणको साथै खालि रहेको जग्गाको सदुपयोग गर्दै कृषक र स्थानिय वासिन्दाहरुलाई विभिन्न आम्दानीको श्रोतहरु उपलब्ध हुने उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस्