नारायण सापकोटाद्वारा लिखित पुस्तक ‘सेयरपुर’ बिमोचन « Arthapath.com
२५ जेष्ठ २०८०, बिहीबार

नारायण सापकोटाद्वारा लिखित पुस्तक ‘सेयरपुर’ बिमोचन



काठमाडौं । नारायण सापकोटाद्वारा लिखित पुस्तक सेयरपुर बिमोचन भएको छ । आज एक कार्यक्रमकाबीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, सेजनका अध्यक्ष जनार्दन बरालसहितले सयुक्त रुपमा बिमोचित गरेका हुन् ।

उक्त पुस्तकमा सेयरमा लगानी किन गर्नु पर्छ भन्ने कुरा उल्लेख गरेको सापकोटाले बताए । उनले भने, सेयर बजारमा लगानी गर्नु पर्छ ऋण लिएर लगानी गर्नु हुदैंन सेयर बजारलाई डिजिटल बनाउनु पर्छ भन्ने कुरा समेटेको छु । उनले करिब २ वर्षको मिहेनत पछि उक्त पुस्तक बजारमा ल्याएका हुन् ।

आजै पनि नेपालीमा सेयर बजारलाई धेरैले जुवा नै ठान्ने गरेको र बजार एउटा लगानीको क्षेत्र हो भन्ने पुस्तकमा उल्लेख गरेको छ । बजारलाई लगानीको क्षेत्र नमान्नु बजारका बारेमा जनमानसमा रहेको भ्रम रहेको छ प्रस्तकमा उल्लेख गरिएको छ ।

कानुनमा स्नातक र पत्रकारितामा स्नातकोत्तर गरेका सापकोटा अहिले नेपाल र अमेरिकाको सेयर बजारका लगानीकर्ता हुन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्वअध्यक्ष सापकोटाले हिमालय टाइम्स दैनिकबाट आर्थिक बिटमा पत्रकारिता सुरू गरेका थिए । १५ वर्षभन्दा बढी राजनीतिक र आर्थिक बिट केन्द्रित भएर पत्रकारिता गरेका सापकोटा अहिले अमेरिकाको कोलोराडो राज्यमा बसोबास बस्छन् । काभ्रे, कुशादेवीमा जन्मनुभएका सापकोटाको यो पहिलो उपन्यास हो । उपन्यासका रूपमा आएको सेयरपुर’ नेपाली लगानीकर्ताको एउटा कथा हो । पत्रकारितासँगै सापकोटाले वि.सं. २०६० देखि नै नेपालको सेयर बजारमा लगानी गर्न थालेका थिए । अहिले अमेरिकी सेयर बजारमा पनि उनको लगानी छ ।


प्रतिक्रिया दिनुहोस्