आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित « Arthapath.com
१३ असार २०८०, बुधबार

आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित



काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ । आगामी आवका लागि सरकारले पेश गरेको ’विनियोजन विधेयक’ बजेट प्रतिनिधिसभा बैठकबाट बहुमतले पारित भएको हो ।

अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आवका लागि १७ खर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट पेश गरेका थिए । जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा सो बजेट पेश गरेका हुन् ।

आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा एमालेले मत विभाजनको माग गरेपछि मतदान भएको थियो । प्रमुख प्रतिपक्षी दल एमालेले मत विभाजनको माग गरेपछि मत विभाजनमार्फत बजेट पारित भएको हो । बजेटको पक्षमा १४७ र विपक्षमा १०८ मत परेको छ ।

बैठकमा २५५ जना सांसद उपस्थित थिए । बजेटको पक्षमा सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीलगायतले मत दिएका थिए भने एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले विपक्षमा मत दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्