“टेक एक्स २०२३” सफ्टवेरिका कलेज काठमाडौंमा सफलतापूर्वक सम्पन्न « Arthapath.com
१५ श्रावण २०८०, सोमबार

“टेक एक्स २०२३” सफ्टवेरिका कलेज काठमाडौंमा सफलतापूर्वक सम्पन्न



काठमाडौं । आईटी र ई–कमर्स कलेजको रूपमा चिनिने सफ्टवेरिकाले आफ्नो कलेज परिसरमा जुलाई २७ देखि जुलाई ३० सम्म “स्मार्ट टेक्नोलोजी“ सम्बन्धी प्रदर्शनी सम्पन्न भएको छ ।

राजनीतिज्ञ, सेलिब्रेटी, प्रभावशाली व्यक्तित्व लगायत १० हजारभन्दा बढी सर्वसाधारणको उपस्थितिमा काठमाडौँको डिल्लीबजारमा आयोजित ४ दिने प्रदर्शनीमा सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू प्रदर्शन भएका थिए ।

कार्यक्रममा ३०+ नवप्रवर्तनहरू थिए र मुख्य आकर्षण रोबोटको लडाकु “रोबो वार” थियो जहाँ कार्यक्रमको अन्तिम दिन टोली “भाइपर स्ट्राइक” ले रोबो वार जित्यो र “काजाडोर” उपविजेता बनेको थियो । विजेता टोलीले क्रमश ः ७५ हजार रुपैयाँ र उपविजेता टोलीले २५ हजार रुपैयाँ प्राप्त गरेका थिए । कार्यक्रमको उद्घघाटन नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन् ।

सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू प्रर्दशन गर्न प्रत्येक वर्ष प्रदर्शनी आयोजना गरिने जनाएको छ । यसपटक ‘आइओटी एक्सपो’ नामले चिनिने सफ्टवेयर प्रदर्शनीलाई ‘टेक एक्सपो’ नाम दिइएको थियो ।


प्रतिक्रिया दिनुहोस्