संसद बैठक एक साताका लागि स्थगित « Arthapath.com
१६ श्रावण २०८०, मंगलवार

संसद बैठक एक साताका लागि स्थगित



काठमाडौं । प्रतिनिधिसभा बैठक २२ साउनसम्मका लागि स्थगित भएको छ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच संसद सञ्चालनको विषयमा सहमति हुन नसकेपछि बैठक एक साताका लागि स्थगित भएको हो ।

मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी २२ साउनलाई सारिएको हो । नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनको माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस्