ललिता निवास प्रकरणः पक्राउ परेकाहरुलाई थप सात दिन हिरासत राख्न अनुमति « Arthapath.com
१७ श्रावण २०८०, बुधबार

ललिता निवास प्रकरणः पक्राउ परेकाहरुलाई थप सात दिन हिरासत राख्न अनुमति



काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले सात दिनको म्याद थप गरेको हो । भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, तत्कालीन मालपोत कार्यालय डिल्लीबजारका प्रमुख कलाधर देउजा लगायत २१ जना प्रहरी हिरासतमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्