विद्यार्थीको सर्वाधिक रोजाईमा ‘मोर्गन’ इन्टरनेशनल कलेज: गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजाको ‘हसपट’ « Arthapath.com
१८ श्रावण २०८०, बिहीबार

विद्यार्थीको सर्वाधिक रोजाईमा ‘मोर्गन’ इन्टरनेशनल कलेज: गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजाको ‘हसपट’



काठमाडौं । काठमाडौंको बसुन्धारास्थित मोर्गन इन्टरनेशनल कलेज विद्यार्थीहरुको सर्वाधिक रोजाइमा छ । उच्च शिक्षाको उत्कृष्ट गन्तव्यको रुपमा स्थापित यो कलेज पछिल्लो समय विद्यार्थीहरुको थप आकर्षण बढेको हो ।

गुणस्तरीय शिक्षासँगै विद्यार्थीमा अन्तरनिहित प्रतिभा उजागर गराउने उर्वर थलोका रूपमा परिचित यस कलेजले विद्यार्थीको व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै जोड दिएको छ ।

मोर्गन कलेज पटक–पटक नेपालकै उत्कृष्ट भएर पुरस्कृत हुने गरेको छ । विशेषगरि मोर्गन इन्टरनेसनल कलेज शैक्षिक क्षेत्रमा लामो अनुभव संगालेका शिक्षाविद् तथा सफल व्यवस्थापकद्वारा सञ्चालित छ ।

विद्यार्थीको सपना साकार पार्ने प्रतिबद्धताका साथ गुणस्तरीय शिक्षा र उत्कृष्ट शैक्षिक परिणाम हासिल गर्दै आएको कलेजका प्रिन्सिपल डा.दीपेन्द्र भण्डारीले बताए । उनले भने,–‘उच्च माध्यामिक शिक्षा परिषद् (एनइबी) र विश्वविद्यालयको बोर्ड परीक्षामा कलेजका विद्यार्थीले ल्याएको नतिजा र मेडिकल तथा इन्जिनियरिङ क्षेत्रमा मोर्गन कलेजका विद्यार्थीको बाहुल्यताका कारण नै मोर्गन सर्वाधिक रोजाईको शैक्षिक संस्था बन्न सफल भएका छौं ।’

उत्कृष्ट नतिजा दिनुका साथै विभिन्न विधामा आकर्षक स्कलरसिप प्रदान गर्दै आइरहेकाले यस कलेजप्रति पछिल्लो समय आम विद्यार्थी तथा अभिभावकको आकर्षण झन् चुलिएको प्रिन्सिपल डा.भण्डारीले बताए ।

उनले भने,–‘कलेजले स्वदेशमै विश्वस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यसहित सञ्चालित छ । कलेज शतप्रतिशत रिजल्ट हासिल गर्दै आएको छ । उच्च माध्यामिक शिक्षा परिषद् र त्रिभुवन विश्वविद्यालयले लिने परीक्षाहरुमा मोर्गन कलेजका विद्यार्थीहरुले निरन्तर बोर्ड टप गरिरहेका छन् । परिषद्ले लिएको बोर्ड परीक्षामा विज्ञान र व्यवस्थापन संकायमा मोर्गन इन्टरनेसनल कलेजका विद्यार्थीले पाँच–पाँच पटक बोर्ड टप गरेका छन् ।’

मोर्गन कलेजले अत्याधुनिक पूर्वाधार, होटल म्यानेज्मेन्ट तथा कम्प्युटर ल्याब, गल्र्स तथा ब्वाइज होस्टेल र विद्यार्थीलाई सुरक्षित आवतजावतका लागि यातायातसमेत सुविधा उपलब्ध गराएको छ । यसका साथै अध्यापनको लागि डिजिटल कक्षा कोठा, प्रयोगशाला र पुस्तकालय छन् ।

एसईई उत्तीर्ण गरेको जोसुकै विद्यार्थी मोर्गन कलेजमा अध्ययन गर्न पाउने बताइएको छ । सबै किसिमका विद्यार्थीलाई उत्कृष्ट बनाउने शैक्षिक संस्थाको रुपमा परिचित कलेजका प्रिन्सिपल डा. भण्डारीले भने,–‘मोर्गनमा आउने विद्यार्थीहरको पहिचान नै बेग्लै बन्छ । हामी विद्यार्थीमा आत्मविश्वास थपिने गरी अभिमुखीकरण गर्छाैंं । कलेजले सर्वसुलभ शुल्कमा उत्कृष्ट शैक्षिक वातावरण दिइरहेको छ ।’

कलेजले विभिन्न शिर्षकमा छात्रवृत्ति पनि उलपब्ध गराउँदै आएको छ । कलेजले प्लस टुमा सबैभन्दा धेरै छात्रवृत्ति प्रदान गर्दै आएको छ । प्रत्येक वर्ष १०० भन्दा बढी विद्यार्थीले छात्रवृत्ति मार्फत अध्ययन पनि गर्दै आएका छन् । यसका साथै एसईई परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थीहरुका लागि भने प्रयोगात्मक बाहेकको सबैशुल्क मिनाह गर्दै आएको कलेजले जनाएको छ ।

प्रिन्सिपल डा. भण्डारीले भने,–‘एसईईमा ४ जिपिए ल्याएका विद्यार्थीहरुलाई प्रयोगात्मकबाहेक सबै शुल्क मिनाह हुन्छ । यसका साथै प्रवेश परीक्षाको नतिजा, दुर्गम तथा पिछडिएका क्षेत्रका विद्यार्थी, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी, जेहेन्दार र विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्तिमा अध्यापन गरिरहेको कलेजले बताएको छ । यसका बाहेक सकरकारी नीतिअनुसारको कोटामा पनि प्रशस्त मात्रामा अध्यपान गराएको कलेजको दावी छ ।

विगतमा जस्तै भविष्यमा पनि मोर्गन इन्टरनेसनल कलेजलाई देशकै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गर्ने योजनासहित काम भइरहेको प्रिन्सिपल भण्डारीले बताए । कलेजलाई अझै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा स्थापित गर्नका लागि प्रतिवद्ध रहेको उनको भनाई छ ।

कलेजले आगामी २ वर्षभित्रमा अत्याधुनिक सुविधाको नयाँ भवनबाट शैक्षिक क्रियाकलाप सञ्चालनमा ल्याउने गरि निर्माण कार्य तिव्र रुपमा अघि बढाएको छ ।


प्रतिक्रिया दिनुहोस्