बझाङको बुंगल नगरपालिकाको दादागिरी, कार्यकक्षमा कर्मचारी नभएको भिडियो हालेको भन्दै स्थानियमाथि कुटपिट « Arthapath.com
१९ श्रावण २०८०, शुक्रबार

बझाङको बुंगल नगरपालिकाको दादागिरी, कार्यकक्षमा कर्मचारी नभएको भिडियो हालेको भन्दै स्थानियमाथि कुटपिट



काठमाडौं । नगरपालिकाका कर्मचारी कार्यकक्षमा नभएको भिडियो सामाजिक संजालमा राखेको भन्दै बझाङको बुंगल नगरपालिकाको आईटी शाखा प्रमुख रमेश कार्कीले स्थानीयमाथि कुटपिट गरेका छन् ।

स्थानीय रामचन्द्र जोशीमाथि आईटी शाखा प्रमुख कार्कीले कुटपिट गरेका हुन् । जोशीले नगरपालिकाको कार्यालयमा कार्यालय समयमा कर्मचारी आफ्नो कार्यकक्ष नहुने हुदाँ सेवा लिन आउने ब्यक्तिलाई सास्ती हुने गरेको भन्दै भिडियो समाजिक संजालमा हालेका थिए ।

उनले खिचेको भिडियोमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा बाहेक अन्य कुनै पनि शाखामा कर्मचारी नभएको देखिएको छ । नगरपालिकामा कर्मचारी नभएको भिडियो सार्वजनिक गरेको भन्दै मदिरा सेवन गरेर आएका आईटी शाखा प्रमुख कार्कीले आफु माथि कुटपिट गरेको जोशीले बताए ।

नगरपालिका भने अहिले कार्कीको बचाउमा लागेको छ । कर्मचारी नभए भिडियो हालेको भन्दै कुटपिट गरेको भएपनि नगरपालिका भने आन्तरिक झगडा रहेको बताउछ ।


प्रतिक्रिया दिनुहोस्