सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीलाई दिन प्रधानमन्त्रीको निर्देशन « Arthapath.com
१९ श्रावण २०८०, शुक्रबार

सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीलाई दिन प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिने भएको छ ।

बिहीबार साँझ गृहमन्त्री, रक्षामन्त्री, महान्यायाधिवक्ता, प्रहरी महानिरीक्षक, सीआईबी प्रमुख र राजस्व अनुसन्धानका महानिर्देशकसहितको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्युरोमार्फत थप अनुसन्धान अघि बढाउन निर्देशन दिएका हुन् ।

विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको सुनसहितको १५५ किलो ब्रेक सु साउन ३ मा बरामद गरेको थियो । दाहालले राजस्व चुहावटको विषयमा विभागले मुद्दा अघि बढाउने र संगठित अपराधको पाटोमा सीआईबीले थप अनुसन्धान गर्न निर्देशन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्