क्रिकेटर सन्दीप लामिछाने बिरुद्धको मुद्दाको सुनुवाई आज हुंदै « Arthapath.com
१० भाद्र २०८०, आईतवार

क्रिकेटर सन्दीप लामिछाने बिरुद्धको मुद्दाको सुनुवाई आज हुंदै



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको जबरजस्तीकरणीको मुद्दामा आजबाट सुनुवाई हुँदैछ । काठमाडौं जिल्ला अदालतमा आज आइतवार पेशी रहेको छ ।

लामो समयदेखि पेशी चढेर स्थगित हुने गरेको मुद्दामा आज भने अन्तिम सुनुवाई गर्ने अपेक्षा गरिएको छ । १८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी) माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ । सन्दीपबिरुद्ध मुलुकी अपराध संहीता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ ।

मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ । उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्