सन्दीप विरुद्धको मुद्दामा आज पनि सुनुवाइ भएन, एसिया कपका लागि भोलि पाकिस्तान जादैं « Arthapath.com
१० भाद्र २०८०, आईतवार

सन्दीप विरुद्धको मुद्दामा आज पनि सुनुवाइ भएन, एसिया कपका लागि भोलि पाकिस्तान जादैं



काठमाडौं । सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताका लागि भोलि पाकिस्तान जाने भएका छन् । आज अदालतमा सुनवाइ स्थगित भएसँगै उनको पाकिस्तान यात्रा तय भएको हो ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले ५ औं नम्बरमा भएको मुद्दामा हेर्न नभ्याइने भनी आदेश गरेको हो । बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ ।

सन्दीप लामिछानेले पीडितको जन्ममितिको शंकास्पद कागजात पेस गरेका थिए । सम्बन्धित निकायमा त्यो कागजात नभेटिएपछि गत सोमबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले सन्दीपलाई कागज गराई सम्बन्धित निकायबाट प्रमाणित विवरण मगाउनु भनी आदेश गरेका थिए ।

अदालतले अर्को पेशी २१ भदौमा तोकेको छ । भदौ १३ गतेबाट सुरु हुने एसिया कपमा नेपालले पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध १८ गते रहेको छ ।


प्रतिक्रिया दिनुहोस्