संसदिय समिति सभापतिले लिए पद तथा गोपनियताको शपथ « Arthapath.com
११ भाद्र २०८०, सोमबार

संसदिय समिति सभापतिले लिए पद तथा गोपनियताको शपथ



काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतका संसदीय समिति सभापतिले पद तथा गोपनियताको शपथ लिएका छन् ।

सोमवार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निर्वाचित १० वटा समितिका सभापतिहरुलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन्। संसदीय समिति अन्तर्गत अर्थ समितिको सभापतिमा नेपाली काँग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव, कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) का विमला सुवेदी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा काँग्रेसकी आरजु राणा देउवा निर्वाचित भएकी हुन् ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा, पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेल निर्वाचित भएका हुन् ।

यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको सभापतिमा अब्दुल खान निर्वाचित दिएका हुन्। यसअघि समितिको सभापतिमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अन्तिम समयमा उम्मेदवारी फिर्ता दिएको हो ।


प्रतिक्रिया दिनुहोस्