परराष्ट्र नीति सञ्चालनबारे सरकारमाथि गम्भिर प्रश्नहरु उठेका छन्ः अध्यक्ष ओली « Arthapath.com
११ भाद्र २०८०, सोमबार

परराष्ट्र नीति सञ्चालनबारे सरकारमाथि गम्भिर प्रश्नहरु उठेका छन्ः अध्यक्ष ओली



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि परराष्ट्र नीति सञ्चालनबारे गम्भिर प्रश्नहरु उठेको टिप्पणी गरेका छन् । सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले परराष्ट्र नीतिहरु र व्यवहारबारे सरकारको गतिविधिबारे गम्भिर प्रश्नहरु उठेको बताएका हुन् ।

अध्यक्ष ओलीले परराष्ट्र नीतिको मामिलामा सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने अवस्था आएको पनि बताए। मुलुकको गुमेको भूमि फिर्ता लिन र पारस्पारिक लाभ र सम्मानको आधारमा परराष्ट्र नीति सञ्चालन गर्न सरकार, नागरिक समाज र सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने उनको भनाइ रहेको थियो ।

अध्यक्ष ओलीले परराष्ट्र नीतिमा एकरुपता ल्याउन र मुलुकको हीत हुनेगरी त्यसको परिचालन गर्न संसदीय समितिले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्