शैक्षिक परामर्श व्यवसायी संघ नेपालको तदर्थ समिति घोषणा « Arthapath.com
१२ भाद्र २०८०, मंगलवार

शैक्षिक परामर्श व्यवसायी संघ नेपालको तदर्थ समिति घोषणा



काठमाडौं । शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान) को तदर्थ समिति घोषणा भएको छ । स्वतन्त्र शैक्षिक परामर्शदाता संघ नेपाल ९फेकोन० फुटेर गठन भएको एप्क्यानको तदर्थ समितिको घोषणा गरिएको हो ।

काठमाडौंमा मंगलवार पत्रकार सम्मेलन गरी प्रज्जवल बस्नेतको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको जानकारी गराइएको हो । समितिको सदस्यहरुमा हेमन्तराज दुलाल, अर्जुनकुमार बस्नेत, अनिल शर्मा, अमित खड्का, दीपा लामिछाने, दिनेश न्यौपाने, प्रज्वल खत्री,रमेश भट्टराई, मदन उप्रेती र नरेश सेर्ढाइं रहेका छन्।

तदर्थ समितिका संयोजक बस्नेतले फेकोनले मनोमानी ढंगले संस्थाको गतिविधि गरेपछि बाध्य भएर नयाँ संस्था स्थापना गर्नुपरेको बताए ।


प्रतिक्रिया दिनुहोस्