नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीको शुभकामना « Arthapath.com
१३ भाद्र २०८०, बुधबार

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीको शुभकामना



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एशिया कप क्रिकेटका लागि पाकिस्तानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिएका छन् ।

बुधवार बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री दाहालले पाकिस्तानसँग जितको शुभकामना व्यक्त गरेका हुन् । शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गरे। खेल क्षेत्रको विकास र खेलाडीहरूको हीतका निम्ति आफूले सधैँ ध्यान दिएको पनि बताए ।

भर्चुअल बैठकमा नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिष्पर्धामा प्रश्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराए। नेपालले आज घरेलु टिम पाकिस्तानसँग खेल्दैछ ।


प्रतिक्रिया दिनुहोस्