भोलि देशभर सार्वजनिक बिदा « Arthapath.com
१३ भाद्र २०८०, बुधबार

भोलि देशभर सार्वजनिक बिदा



काठमाडौं । सरकारले भोलि अर्थात भदौ १४ गते देशभर सार्वजनिक बिदा दिने भएको छ ।

बिहिबार रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्वको अवसरमा देशभर सार्वजनिक बिदा हुने भएको हो । वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र आचार्यको हातबाट लगाउने चलन रहेको छ । सूर्योदय भन्दा अगाडि उठेर स्नान गर्ने चलन रहेको छ । उक्त दिन पूर्णिमा भएकाले शुभ मानिन्छ ।

अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले उक्त दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । तराई क्षेत्रमा आज रक्षा बन्धन मनाइन्छ । दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाउछन् । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।


प्रतिक्रिया दिनुहोस्