एसिया कप क्रिकेट हेर्न जनकपुरमा २ बजेपछि विद्यालय बन्द « Arthapath.com
१३ भाद्र २०८०, बुधबार

एसिया कप क्रिकेट हेर्न जनकपुरमा २ बजेपछि विद्यालय बन्द



काठमाडौं । एसिया कप क्रिकेट हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि बिदा दिएको छ।

वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेर बुधबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द गर्न भनेका छन्। सिमित साधन स्रोतको बलमा पनि नेपाली क्रिकेट टिम एशिया कपमा सहभागिता जनाउनु तथा भारत र पाकिस्तान जस्ता शक्तिशाली टिमका साथ प्रतिस्पर्धा गर्नु सम्पूर्ण नेपालीहरुको निम्ति ठुलो गौरवको कुरा भएको विज्ञप्तिमा उल्लेख गरीएको छ ।


प्रतिक्रिया दिनुहोस्