कृष्णबहादुर महराका छोरा राहुल पक्राउ « Arthapath.com
१३ भाद्र २०८०, बुधबार

कृष्णबहादुर महराका छोरा राहुल पक्राउ



काठमाडौं । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । विद्युतीय चुरोटमा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उनलाई प्रक्राउ गरेको हो ।

सीआईबीले गत वर्ष भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको अनुसन्धानबाट खुलेको जनाएको छ । तस्करीमा संलग्न ब्यापारीसँग माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको खुलेको थियो


प्रतिक्रिया दिनुहोस्