एसिया कपः नेपालविरुद्ध पाकिस्तानले कटायो १ सय रन « Arthapath.com
१३ भाद्र २०८०, बुधबार

एसिया कपः नेपालविरुद्ध पाकिस्तानले कटायो १ सय रन



काठमाडौं । आजबाट सुरु भएको एसिया कप २०२३ को पहिलो खेलमा अहिले क्रिकेटको महारथी राष्ट्र पाकिस्तानले नेपालविरुद्ध ब्याटिङ गरिरहेको छ ।

मुल्तान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको पाकिस्तानले मध्ययम प्रदर्शन गर्दै १ सय रन पुरा गरेको छ । पाकिस्तानले ताजा अवस्थामा २२ ओभरमा २ विकेट गुमाएर १०१ रन बनाएर खेलिरहेको छ ।

अहिले पाकिस्तानको क्रिजमा बाबर अजाम र मोह्मद रिजवान रहेका छन् । जसमा रिजवान ३६ र अजाम ४१ रन बनाउर खेलिरहेका छन् । जारी खेलमा नेपालका करण केसी र सोमपाल कामीले समान एक एक विकेट लिएका छन् ।


प्रतिक्रिया दिनुहोस्