बट्टारमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा « Arthapath.com
१४ भाद्र २०८०, बिहीबार

बट्टारमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा



काठमाडौं । विदुर नगरपालिकाको बट्टारमा दुईवटा चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् । विद्युतीय सवारीसाधन प्रयोगकर्ताको सहजताका लागि गत सातादेखि नगरपालिकाले चार्जिङ स्टेसन संचालनमा ल्याएको हो ।

नेपाल विद्युत् प्राधिकरणले विदुर नगरपालिकाको बट्टारमा विद्युतीय सार्वजनिक यातायात साधनका लागि र निजी विद्युतीय सवारीसाधनका लागि छुट्टाछुट्टै चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ । सार्वजनिक यातायातका लागि बसपार्कमा र निजी विद्युतीय सवारीसाधनका लागि हावाघरमा चार्जिङ गर्ने व्यवस्था गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले विदुर नगरपालिका– ४ को बसपार्क र हावाघरमा निर्माण भएका चार्जिङ स्टेसन गत बुधबारदेखि सञ्चालनमा आएको छ ।

चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी, १३ वटै वडाका वडाध्यक्ष, नुवाकोट उद्योग वाणिज्य सङ्घ र नेपाल विद्युत् प्राधिकरणका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस्