वाणिज्य बैंकहरुले अन्तर बैंक कारोबार ५ खर्ब ६१ अर्ब ६७ करोड

काठमाडौं । साउन महिनामा वाणिज्य बैंकहरुले अन्तर बैंक कारोबार ५ खर्ब ६१ अर्ब ६७ करोड रुपैयाँ गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरणअनुसार आर्थिक वर्षको पहिलो महिनामा वाणिज्य बैंकहरुको ५ खर्ब ६१ अर्ब ६७ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकबाहेक) ९३ अर्ब ७७ करोड सहित ६ खर्ब ५५ अर्ब ४४ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको ३ खर्ब १५ अर्ब ४९ करोड र अन्य वित्तीय संस्थाहरुको ४० अर्ब ९७ करोड गरी ३ खर्ब ५६ अर्ब ४६ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।