बैंक तथा वित्तीय संस्थाहरुको संख्या ११२

काठमाडौं । बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या साउन मसान्तमा ११२ रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरणअनुसार यस्तो देखाएको हो ।
यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्। बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०८० असार मसान्तमा ११ हजार५८९ रहेकोमा साउन मसान्तमा ११ हजार ५७४ कायम भएको छ