नाडा अटो शोमा बिवाइडीले पायो बेष्ट स्टल अवार्ड
काठमाडौं । यस वर्षको नाडा अटो शोमा बेष्ट स्टल अवार्ड साइमेक्स इंकले पाएको छ ।
नेपालका लागि विआईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक रहेको साइमेक्सले नाडा अटो शो २०२३ को चार पाङ्ग्रे तर्फ बेष्ट स्टल अवार्ड पाएको हो ।
गत मंगलबारदेखि संचालन भएको अटो शो आइतबार सकिएको छ । उक्त शोमा बिवाईडीका तीन विद्युतीय सवारी डल्फिन, सिल र एट थ्रि प्रदर्शनीमा राखेको थियो । प्रदर्शनीमा बिवाईडीको सवारीमा अवलोकनकर्ताहरुको भिड लागेको थियो ।