प्रभु सेलेक्ट फन्डले बुक क्लोजको मिति तय

काठमाडौं । प्रभु सेलेक्ट फन्डले बुक क्लोजको मिति तय गरेको छ ।
फण्डले असोज १२ गते बुक क्लोजको मिति तय गरेको हुदाँ असोज ११ गतेसम्म कायम इकाईधनीले मात्र यसले घोषणा गरेको नगद लाभांश पाउनेछन् । फण्डले आर्थिक वर्ष २०७९–८० को नाफाबाट कर सहित ९.५० प्रतिशत नगद लाभांश (प्रतिफल)प्रस्ताव गरेको छ ।