क्रिकेटर लामिछानेविरुद्धको मुद्दा स्थगित सूचीमा

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा स्थगित सूचीमा परेको छ ।
पर्याप्तमात्रामा न्यायाधीन नहुँदा लामिछानेको मुद्दा स्थगित सूचीमा परेको हो । लामिछानेविरुद्धगौसला २६ (परिवर्तित नाम) लाई जबरजस्ती करणी गरेको अभियोगको मुद्दा रहेको छ ।
उनीविरुद्धको मुद्दा अहिलेसम्म २७ पटक पेशी चढिसकेको छ । लामिछानेविरुद्धको उक्त मुद्दामा हाल सबैभन्दा ठूलो विवाद उमेर बनेको छ । गौसला– २६ को उमेर १८ वर्षभन्दा कम रहेको भनी मुद्दा दायर भएपनि सन्दीप पक्षका अधिवक्ताहरुले उनी नाबालिका नरहेको जिकिर गर्दै आएका छन् ।