नीतिगत कारणले लगानीकर्ता धरासायी, नियामक निकायले आश्वासन मात्र दियो: लगानीकर्ता खड्का {अन्तवार्ता} « Arthapath.com
१५ आश्विन २०८०, सोमबार

नीतिगत कारणले लगानीकर्ता धरासायी, नियामक निकायले आश्वासन मात्र दियो: लगानीकर्ता खड्का {अन्तवार्ता}



काठमाडौँ । यतिखेर सेयर कर्जामा लगाएको १२ करोडको सिमा संशोधन गर्ने वा हटाउने कुराले चर्चा पाएको छ । लगानीकर्ताले लामो समय देखि उठाउदै आएको माग सम्बोधनका लागि यसअघि अर्थमन्त्री प्रकाश सरण महत र गर्भनर महाप्रसाद अधिकारबीच वार्ता भएको थियो । उक्त वार्ता पछि गर्भनर समेत १२ करोडको सिमा हटाउन सकारात्मक रहेको भने पनि अहिलेसम्म कुनै आधिकारीक निर्णय भने आइसकेको छैन । राष्ट्र बैंकको संचालक समितिको बैठक बेला बेला बसि रहेको भए पनि १२ करोडको सिमा बारे कुनै पनि सर्कुलर आएको छैन ।

सोमबार एक कार्यक्रममा अर्थमन्त्री महतले सेयर बजार बारे छिट्टै सकारात्मक निर्णय आउन लागेको बताएका छन् । तर, बेला बेला नियामक निकायको आश्वासनमा मात्र सिमित भएका लगानीकर्ता आक्रोशित बन्दै आएको अवस्था छ ।

नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता दिवसको अवसरमा सोमबार एक कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रम सकेन बाहिरिने क्रममा एकाएक लगानीकर्ताको भिडले अर्थमन्त्री महतलाई घेरे । लगानीकर्ताको आक्रोशत भिडले अर्थमन्त्री महतलाई प्रश्न गरे ‘अर्थमन्त्री ज्यू हामी लगानीकर्ता मर्नु पर्ने हो ?’

कार्यक्रम स्थलबाट बाहिर अर्थमन्त्रीलाई घेराउ गरी लगानीकर्ताले ‘नीतिगत व्यवस्था परिमार्जन गर्नुपर्यो, सेयर कर्जामा १२ करोडको क्याप हटाउन पर्यो, हामी मर्ने अवस्था आइसक्यो ’– भनि प्रश्न गरे । प्रश्नलाईबाट भाग्न नपाएका अर्थमन्त्रीले मैले के गर्ने सक्छु र ? मैले भनेको राष्ट्र बैंकले मान्दैन भन्ने जवाफ दिए ।

फेरी लगानीकर्ताका प्रश्नका वर्षा रोकिएन । ‘निर्देशन दिने ठाउँमा भएर पनि तपाईको निर्देशन नमान्ने कस्तो संस्था बनाउनु भएको छ त ?’–उनीहरुले भने । त्यसपछि भने अर्थमन्त्री महत कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।

अर्थमन्त्री बाहिरि पछि लगानीकर्ताका प्रश्न बोर्डका अध्यक्ष हमाल तिर आए । अध्यक्ष हमाललाई समेत घेराउ गरी लगानीकर्ताले–‘नकारात्मक नेटवर्थ भएका कम्पनीहरुलाई समेत हकप्रदको अनुमति किन दिएको ? जो जुकैलाई समेत प्रिमियममा आइपीओ निष्कासनको अनुमति किन दिइन्छ ? भनि प्रश्न गरे ।

हमालले हलुका जवाफ दिए नकारात्मक नेटवर्थ छ भने आवेदन नै नदिनुन त । उनले भने,–‘हकप्रदको अनुमति दिने भनेको नै कमजोर कम्पनीलाई हो, प्रिमियममा आइपीओ निष्कासन गर्ने कम्पनीका लगानीकर्ताले नै आवेदन नदिए भैगो नि ।’ यद्यपि, यस्ता विषयमा गहन छलफल र सहकार्यका लागि लगानीकर्ताहरुलाई बोर्डमै आउन अध्यक्ष हमालले आव्हान गरे ।

आक्रोशित भिडका लगानीकर्ताले अनेकौं गुनासा राखि रहेका थिए । अर्थमन्त्री र हमालसँग आक्रोश पोखि रहेका एक जना थिए नेपाल सेयरधनी संघका महासचिब सुरज खड़का । उनी लगानीकर्ता धरासयी भएको र बजार बढ्ने माहोल नै नरहेको गुनासो राखि रहेका थिए । सोहि आक्रोशित लगानीकर्ता सुरज खड्कासँग अर्थपथ डटकमका संवदाता दिपक विष्ट ले गरेको कुराकानीको अंशः

लगानीकर्ताको अहिलेको मुख्य आपत्ति चाहि के मा हो ?

लगानीकर्ताहरु धरासायी भएको अवस्था छ । अहिले राष्ट्र बैंकको केहि गलत नीतिका कारणले अधिकांश लगानीकर्तालाई चिन्तित बनाएको छ । १२ करोडको सिमा, जोखिम भार र बैंक तथा वित्तीय संस्थालाई सेयर किनेपछि एक वर्ष पछि मात्र बेच्न पाउने जस्ता नीतिले आम लगानीकर्तालाई मारमा पारेको छ ।

साथै, माइक्रोफाइनान्सलाई समेत लाभांशमा लगाएको सिमाले लगानीकर्ता समस्यामा परेका छन् ।

लगानीकर्ताको मनोबल कमजोर अवस्था छ । यस्तो बेला अब बजारको बाटो कस्तो हुन्छ त ?

राष्ट्र बैंकको गतल नीतिका कारण नै अहिले बजार निरन्तर खुम्चि रहेको अवस्था छ । तत्काल खराब नीति परिमार्जन वा नहटाएसम्म बजार बढ्ने कुनै माहोल नै छैन ।

राष्ट्र बैंकले लोन समेत निश्चत भन्दा बढी लिन पाउँदैन भनि सिमा तोकेको अवस्था छ । लगानीकर्तालाई त कस्ने काम गरेको छ । लगानीकर्ताको अर्बौ रकम गुमेको छ । अझै पनि नियामक निकाय आश्वासनमा सिमित हुंदा लगानीकर्ता आत्महत्या गर्ने अवस्था आएको छ ।

लाभांश सिजनमा समेत बजारले गति लिन सकेको छैन । राष्ट्र बैंकले यस्तो बेला केहि नीतिमा सुधार ल्यायो भने मात्र बजार चलयमान हुन सक्छ ।

१२ करोडको सिमा हटाउन त अर्थमन्त्रालय सकारात्मक नै देखिन्छ ? राष्ट्र बैंकले नै अटेरी गरेको हो ?

आम लगानीकर्ताले अर्थमन्त्रीलाई नीतिगत सुधार गर्नु भन्दै बेला बेला दबाब दिइरहेको छन् । तर, अर्थमन्त्री म के गर्ने सक्छु मैले भनेको राष्ट्र बैंकले मान्दैन भन्ने जवाफ दिइरहेका छन् । अर्थमन्त्रीले नसके कस्ने सक्ने हो त ? अर्थमन्त्रीको निर्देशन राष्ट्र बैंकले नमान्ने हो ?

सम्बन्धीत निकायमा बसि सकेपछि अर्थतन्त्र कसरि चलायमान बन्छ भन्ने थाहा हुनुपर्छ होइन र । ब्यापार नहुदाँ अहिले ब्यवसायी विदेशिनु परेको छ । कतिले त आत्महत्या नै गरी रहेका छन् । लगानीकर्ता समेत आत्महत्या गर्ने अवस्थामा आइपुगेका छन् । तत्काल राष्ट्र बैंकका केहि गतल नीति खुकुलो हुनुपर्छ । अर्थमन्त्रीले जुन बेला बजार बढेको थियो त्यो बेला कर ५ प्रतिशतबाट ७ प्रतिशत पुराउनु भयो । अहिले बजार घटेकोबेला ५ प्रतिशत मै झर्दा लगानीकर्तालाई केहि हदमा भएपनि राहत हुन्छ । बजार घटि रहेको बेला नियामक निकायले केहि लचिलो नीति लिए चहलपहल हुन्छ ।

अर्थमन्त्रीले जहिले पनि लगानीकर्तालाई आश्वासन मात्र दिने गरेका छन् । लगानीकर्ताको धैर्यता अब टुट्ने बेला भइसकेको छ । अर्थमन्त्रीको निर्देशन राष्ट्र बैंकले नमान्ने भए अर्थमन्त्रीको के काम हो त ? अर्थमन्त्रीले अहिले राष्ट्र बैंकले आफुले भनेको मान्दैन भनि रहेका छन् ।

अहिले सेयर बजार मात्र होइन घरजग्गाको अवस्था पनि त्यस्तै छ । उद्योग ब्यवसायीहरुलाई पनि नाफा कमाउनु भन्दा कसरि टिक्ने भन्ने चिन्ताले पिरोलेको छ । ब्यवसायीहरु धरापमा परेका छन् । जनतासँग हातमा पैसा छैन । पैसा बैंकमा मात्र थुप्रिएकोछ । बैंकमा ऋण दिन मिल्ने रकम हुदाँ समेत जनता माग्न गएका छैन । बजार मन्दिमा भएको बेला ब्याजदर घटाउनु पर्छ कि पर्दैन सरकारले ? पर्यटन क्षेत्र बाहेक हरेक क्षेत्र धरासयी अवस्थामा छ ।

अहिले अर्थमन्त्रीले राष्ट्र बैंकले १२ करोडको सिमा घटाएपछि बजार चलयमान हुने भनि रहेका छन् । अनि सिमा घटाउन निर्देशन दिनु परो नि त । सरकार के हेरेर बसेको छ । मूल्य वृद्धि आकासिएको छ यो पाराले अर्थतन्त्र चलयमान हुन्छ र ?

लगानीकर्तासँग धितोपत्र बोर्डले कतिको सहकार्य अनि समन्वय गरेको छ ?

लगानीकर्ता पिरमा छन् । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले समेत लगानीकर्ताको माग सुन्न चाहदैन् । लगानीकर्ताले आफ्नो गुनासो काँ राख्ने ?

नकारात्मक नेटवर्थ भएका कम्पनीलाई प्रिमियम थपेर आइपीओ निष्कासन अनुमति बोर्डबाट पाइरहेका छन् । अध्यक्ष हमालसँग लगानीकर्ता आफ्नो समस्या राख्न जादा बोर्डका कर्मचारीले को मान्छे ? के सम्बन्धी भेट्न चाहेको ? को अध्यक्ष ? को उपाध्यक्ष ? भनेर चोरलाई केरकार गरेको जस्तो ब्यवहार देखाएको छ ।

बोर्डबाट अहिले लहरै सयौं कम्पनीलाई हकप्रदको अनुमति दिएको हुदाँ बजार निरन्तर खुम्चि रहेको छ । क्रमशः अनुमति दिनु एउटा कुरा हो तर एकै पटक सयौ कम्पनीले हकप्रदको अनुमति पाउदा बजार ओरालो लागेको छ । अहिले नेटवर्थ कमजोर भएका कम्पनीहरुलाई प्रिमियम थपेर आइपीओ जारी गरी रहने बेला हो यो ? अब बजार यसरी नै ओरालो लाग्ने हो भने अधिकांश लगानीकर्ता धरासायी हुन्छ ।


प्रतिक्रिया दिनुहोस्