गोदाबरी फूल मेलामा पूर्व रानी कोमल « Arthapath.com
१७ कार्तिक २०८०, शुक्रबार

गोदाबरी फूल मेलामा पूर्व रानी कोमल



कामठाडौँ । ललितपुरको जावलाखेलमा मंगलबारबाट जारी १६ औं गोदाबरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको चौथो दिन शुक्रबार पूर्व बडामहारानी कोमल राज्य लक्ष्मी देबी शाहले अबलोकन गरेकी छन् ।

अबलोकन सँगै पूर्व रानी कोमलले गोदाबरी फूलका बिरुवाहरु खरिद गरेकी थिइन् । उनीसँगै राजपरिवारका आफन्तहरुको पनि उपस्थिती रहेको थियो । पूर्वरानी कोमलले मेलामा सबै स्टलहरुको चासो सहित अबलोकन गर्दै ब्यबशायीहरुसँग फूलबिरुवा सम्बन्धी जिज्ञासा राखेकी थिइन् ।

नेपालमा पुष्प ब्यबशायको शुरुवाती चरणदेखीनै बिकास बिस्तार र प्रबद्र्धनमा राजपरिबारको बिशेष चासो र सहयोग रहँदै आएको छ । मेलामा पूर्व रानीको आगमनले पुष्प ब्यबशायमा लाग्ने ब्यबसायीहरुलाइ हौसला प्रदान गरेको फ्लोरिकल्चर एशोसिएशन नेपाल फ्यानका अध्यक्ष मिन बहादुर तामाङले बताए । मेलामा सर्बसाधारणको पनि बाक्लो उपस्थिती रहेको छ ।

३ दिन सम्म मेलामा ५२ लाख बढीको कारोबार भएको छ भने २१ हजार बढीले मेला अबलोकन गरिसकेका छन् । सर्बसाधारण तथा फूल पारखीहरुको भीड रहेको यो मेला शनिबार सम्म चल्ने छ ।


प्रतिक्रिया दिनुहोस्