डोटीका भूकम्प पीडितको आवास निर्माणमा मुखदर्शक स्थानीय तह, निरीह सरकार माथि सर्वसाधारण आसैआशमा « Arthapath.com
७ मंसिर २०८०, बिहीबार

डोटीका भूकम्प पीडितको आवास निर्माणमा मुखदर्शक स्थानीय तह, निरीह सरकार माथि सर्वसाधारण आसैआशमा



काठमाडौँ । भूकम्पले घर भत्काएको १ वर्ष भन्दा बढी हुँदा समेत डोटीका पूर्वीचौंकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँ पीडितको आवास निर्माण अझै सुरु हुन सकेको छैन । २०७९ कात्तिक २३ गते राति २ बजे खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रबिन्दु भएर ५.७ म्याग्निच्युटको भूकम्पका जाँदा गैरागाउँका अधिकांश घर क्षतिग्रस्त भएका थिए । साथै गैरागाउँले ६ जना ब्यक्ति गुमाउनु गरेको थियो ।

भूकम्प गएको एक दुई हप्तासम्म राजनीति दलका आश्वासन र सङ्घ संस्थाका राहतले न्याय पाएका पीडितले त्यस यता निरन्तर आवास निर्माणको सर्घष गरी रहेका छन् । भूकम्पले बढी प्रभावित भएको गाउँमा समेत आवास निर्माणले सुरुवात समेत पाएको छैन । सो क्षेत्रका भूकम्प पीडितले गत वर्ष पुष माघको चिसो खुल्ला आकाश र पाल मुनि बिताए पनि अझै आवास निर्माण हुन सकेको छैन । 

पुनः चिसोको महिना सुरु भएको छ । चिसोले बालबालिका र वृद्धिले निकै कठिनाइ भइरहेको गैरीगाउँका स्थानीय गणेश बोहराले बताए । ‘गत वर्ष पनि चिसो अनि असिनालाई छल्दै बितायौ फेरी चिसो सुरु भइसक्यौ खप्तड राष्ट्रिय निकुञ्ज तिर हिउँ पर्ने सुरु भइसक्यो उनले भने, -‘हामी त जसो तसो कटाउला तर वृद्धि र बालबालिका लागि कसरी बचाउने होला हजुर ।’

स्थानीय सरकार आवास निर्माणका लागि केन्द्र सरकारसँग बेला बेला गुहारेको भए पनि केन्द्र सरकार आश्वासन मै सीमित बनेको छ । अहिले सो क्षेत्रका पीडित आफ्नो सरकार नै नभएको गुनासो गर्छन् । ‘हाम्रो आफ्नो भन्ने त कोही छैन चुनाव लागेको बेला हुनाले घर घरमा आएका नेता अहिले फर्किएर हेरेका छैन चिसोबाट गत साल त बालबालिका र वृद्धि बचायौ खै अब कसरी बचाउने’ स्थानीय पीडित कल्पना बोहराले भने । 

लामो समय हुँदा समेत स्थानीय सरकार भने आश्वासन मै सीमित बनेको छ । प्रत्येक दिन भूकम्प पीडितले आफ्ना आशलाग्दा अनि जायज माग राख्दा गाउँपालिका भने निरीह भने स्थानीय हर्क बोहराले बताए । ‘१ वर्ष बित्ती सक्यो तर स्थानीय सरकार भने समन्वय गर्दै छौ अब अर्का महिनादेखि सुरु गर्छौ भन्दै कुरा आलटाल गर्ने लागेको व्यस्त छ’ – हर्कले भने । पीडितको घाउमा मलम लगाउनुको साटो आश्वासनले स्थानीय सरकारले अझ पिडा दिएको स्थानीयका गुनासा रहेका छन् । 

स्थानीय सरकार भन्छ केन्द्र र प्रदेशले सहयोग नै गरेन, प्राविधिक पनि आएनन् !

गाउँपालिका अध्यक्ष राम प्रसाद उपाध्याय भने अस्थायी टहरा, तथ्याङ्क सङ्कलन र बजेटको सुनिश्चितता गर्न नै एक वर्ष लागेको बताएछन् । ‘भूकम्प पीडितको अस्थायी टहरा बनाउन, कति घरमा क्षति भएको छ भनेर तथ्याङ्क सङ्कलन गर्ने, बजेटको सुनिश्चितता गर्ने र पुनर्निर्माण टोली आउन ढिलाइले एक वर्ष बितेको हो, उपाध्यायले भने, – ‘भूकम्प पीडितको राहतको लागि गाउँपालिकाको कोषमा ८० लाख रुपैयाँ रहेको छ अहिले पुनर्निर्माण गर्ने टोली तालिममा रहेको कारण समेत ढलाई भएको हो ।’ 

करिब २१६ घरहरू निर्माण गर्नु पर्ने भएकाले उक्त बजेट कम उनले अध्यक्ष उपाध्यायले बताए । यो बजेट कम हुने भएकाले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी रहेको उनले बताए । उनले भने, ‘आज मात्र जिल्ला सभामा बजेटको बारे कुरा गरेको छु प्रदेशसँग माग गरी रहेका छौँ । चिसो बढी रहेको हुँदा सक्दो छिटो भूकम्प प्रतिरोधक घर बनाउन लागि रहेको छु ।’

प्राविधिकहरू तालिममा भएको हुँदा अबको केही दिन भित्र आवास निर्माणको कार्य अघि बढ्ने उपाध्यायको तर्क छ ।  

यता वडा न ३ का वडा अध्यक्ष खड्क धामी भने केन्द्र र प्रदेश सरकारबाट बजेट नपाउँदा पुनर्निर्माण रोकिएको बताए । ‘भूकम्प गएको एक वर्ष भन्दा बढी भइसक्यो काम भएको केही छैन । न प्रदेशले हेर्‍यो न सङ्घीय सरकारले हेर्‍यो’ – ‘उनले भने,  गाउँपालिकाले ८० लाख छुटाएको छ तर हामी केन्द्र र प्रदेशको पर्खाइमा छौँ’

अब गाउँपालिकाले बढी प्रभावित क्षेत्रमा आवास निर्माणका लागि काम सुरु गर्ने बताए । अबको केही दिन मै प्राविधिक टोली जान्छ र मानवीय क्षति भएको क्षेत्रमा बस्ती निर्माणमा कार्य सुरु गर्ने छौ यही क्षेत्रमा ४५ घर निर्माण गर्नु पर्ने देखिएको छ । अहिलेलाई यो बजेटले ४/५ वटा मात्र घर बन्ने देखिन्छ । 

प्रदेश पनि स्थानीयको पिडामा मुखदर्शक

डोटीका भूकम्प पीडितको आवास निर्माणका लागि प्रदेश सरकारले समेत अभिभावकिय भूमिका खेल्न सकेको छैन । भूकम्प गएको लामो समय हुँदा समेत प्रदेश सरकारले बजेटको सुनिश्चितता गर्ने सकेको छैन । 

डोटी क्षेत्र न १ का प्रदेश सांसद चक्र मल्ल भने आफूले पहल गरी रहेको भए पनि सुनुवाइ हुन नसकेको बत्ताउँछन् । बजेटमा समेत भूकम्प पीडितका आवास निर्माणका लागि कुनै कार्य गर्ने नसक्नु मल्ल चुकेको स्थानीयहरूको आरोप गरेको छ । आफू प्रतिपक्ष भएका कारण प्रदेशमा उठाइ रहेका माग सत्तापक्षले पुरा नगरेको उनको तर्क थियो । 

तर, जनताको प्रतिनिधिले प्रतिपक्ष र सत्तापक्ष भने अल्झिनु नाटकीय खेल भएको स्थानीयको आरोप छ । ‘भूकम्प गएको बेला चुनाव नजिकिएको थियो मल्ल सर हाम्रो  गाउँमा आए आश्वासनले हामीलाई मक्ख गराए’ गैरीगाउँका एक स्थानीयले भने,- ‘खै चुनाव जितेपछि त न हाम्रो आवासका लागि अभिभावकिय भूमिका खेलेका छन् । नत हामी चिसोमा पिरिलिँदा हाम्रो दुःख नै बुझेका छन् ? ‘

केन्द सरकारले समेत भुकम्प पिडितको माग सम्बोधनका लागि कुनै पनि पहल गरेको छैन । लामो समयसम्म आवास नबन्दा पिडामा रहेका सर्वसाधारणका लागि केन्द्रबाट एक रुपैयाँ बजेट जान सकेको छैन । डोटीका संघीय सांसद प्रेम आले मगरले पनि यस विषयमा चासो नै नदिएको पाइएको छ ।


प्रतिक्रिया दिनुहोस्