सेयर बजारमा बन्यो माहोल, मनोबल दरिलो बनाउदै लगानीकर्ता, नयाँ उचाईमा पुग्ला त ? « Arthapath.com
७ पुष २०८०, शनिबार

सेयर बजारमा बन्यो माहोल, मनोबल दरिलो बनाउदै लगानीकर्ता, नयाँ उचाईमा पुग्ला त ?



काठमाडौँ । यो साता लगानीकर्ताका लागि उत्साहमय भएको छ । सेयर बजार यो साता उच्च अकंले बढेसँग लामो सयम देखि गुमाएका लगानीकर्ताको नाफा रिकभर भएको हो । विगत केहि महिना यता निरन्तर खुम्चि रहेको बजारले राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै सेयरबजारमा सकारात्मक प्रभाव परेको हो ।

लगानीकर्ताको मनोबलले बजारलाई कुन दिसामा लैजाने भन्ने कुराको निर्धारण गर्ने गर्देछ । अहिले मनोबल लगानीकर्ताको उच्च बन्दै गएको छ । लगानीयोग्य वातावरण समेत बनि रहेको छ । केन्द्रिय बैंकले सेयर बजारलाई बाधा गर्ने केहि नीतिगत अवरोध सुधार गर्दा लगानीकर्तामा उत्साहमय बातारण सिर्जना भएको हो । लगानीकर्ताहरुले भूतप्रभावी करले असर आंकलन गरेका थिए । तर लगानीकर्ताले यो साता सो कुराले समेत सहज रुपमा स्वागत गरेका छ ।

कारोबार एक वर्ष यता कै उच्च, परिसूचक समेत आकाशियो

कारोबार एक वर्ष कै बढी भएको छ । सोमबार ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार रुपैयाँको कारोबार भएको छ । यसअघि २०७९ पुष २६ गते ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार रुपैयाँ पुगेको थियो । त्यस यता कारोबार सो माथि आउन सकेको थियो । आजको कारोबार त्यो दिन यता कै बढी कारोबार हो ।

यता, परिसूचक समेत पाँच महिना यता कै उच्च बिन्दुमा पुगेको हो । यो साताको बुधबार २१४१.८७ बिन्दुमा पुगेको हो । यसअघि २०८० साउन १० गते २१५६.२० अकंमा परिसूचक पुगेको थियो । त्यस यता कै बुधबारको सूचक उच्च हो ।

यो साता ६ वटै दिन सेयर कारोबार भएको थियो । जसमा पाँच दिन बजार बढ्दा अन्तिम कारोबारको दिन भने करेक्सन देखिएको हो । समग्रमा बजार यो साता ११४.४९ अकंले बढेको हो ।

अबको यात्रा कस्तो ?

पछिल्ला दिनहरुमा समग्रमा बजार बढेकै छ । यसमध्ये पनि कतिपय सेक्टर र कम्पनीहरुबाट लगानीकर्ताले मनग्ये फाइदा पाउन थालिसकेका छन् । अधिकांश बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएका छन् । अझै घट्ने अवस्थामा रहेको छ । सोहि कारण समेत बजारमा सकारात्मक प्रभाव परेको छ । ब्याजदर र अधिक तरलताले साथ दिंदै गएपछि सेयर बजारका लगानीकर्तामा पनि उत्साह बढेको हो । केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षामार्फत तुलनात्मकरुपमा केही लचिलो नीति लिएपछि सेयर बजारमा नयाँ माहोल देखिएको हो । सेयर धितो कर्जामा जोखिमभार घटाइनु अनि ब्याजदर घटाउने नीति लिइनु नै सेयर बजारका सकारात्मक पक्ष बनेको हो ।

अहिलेको सुधारले नयाँ रेकर्ड बनाउने आशा आम लगानीकर्तामा रहेको एक लगानीकर्ताले बताए । ‘सेयर बजार यो साता अन्तिम दिन मात्र करेक्सन देखिएको हो । निरन्तर बढेको बजार घट्नु स्वाभाविक नै हो’ उनले भने, ‘अब बजार घट्नु पर्ने केहि कारण नै छैन अबको यात्रा बुल कै हो’

अहिले नयाँ ब्रोकरहरु थपिएका छन् । उनीहरुले विस्तारै नयाँ ग्राहक पनि खोज्न थालेका छन् । अब बिस्तारै दुरदराजमा समेत ब्रोकर शाखा विस्तार हुने प्रक्रिया अघि बढेको छ । यसले समेत सेयर बजारमा सुधार कै संकेत गरेको छ ।

नयाँ स्टक एक्सचेञ्ज लगानीकर्ताको लामो समयको माग हो । मुलुकमा उद्यमशीलता विकास गर्न नयाँ लगानीकर्ताको बाटो छेक्न नहुने बताउने र हरेक क्षेत्रमा स्वच्छ प्रतिस्पर्धाबाट मात्रै बजारको विकास लगानीकर्ताकाहरुका तर्कछन् । सेयर बजारको विकासका लागि पनि नयाँ स्टक एक्सचेञ्ज आवस्यक छ । यसले समेत बजारमा नयाँ आयम दिनेछ ।


प्रतिक्रिया दिनुहोस्