गभर्नर बन्न आफ्नो योग्यता पुगेको अधिकारीको दाबी, रिट खारेज गर्न माग « Arthapath.com
९ फाल्गुन २०८०, बुधबार

गभर्नर बन्न आफ्नो योग्यता पुगेको अधिकारीको दाबी, रिट खारेज गर्न माग



काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आफू केन्द्रिय बैंकको गभर्नर बन्न योग्य रहेको दाबी पेश गरेका छन् । सर्वोच्च अदालतमा उनको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै मुद्दा परेपछि उनले जवाफ लेखेका हुन् ।

लामो लिखित जवाफमा उनले आफू यसअघि नै राष्ट्र बैंकको डेपुटी गभर्नर र लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत नियुक्त भइसकेको भनेका छन् । कानूनअनुसार ती पदहरुमा पनि गभर्नरकै सरह शैक्षिक योग्यता आवस्पक पर्छ ।

गभर्नर अधिकारीले तत्कालिन समयमा गभर्नरका लागि आवस्यक योग्यता परीक्षण गरेरमात्रै सिफारिस समितिले आफूसहित तीन जनाको नाम सिफारिस गरेको उल्लेख गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरको ‘सोसरह’ (इन्विभेलेन्ट) मान्यताको प्रमाणपत्र प्राप्त गरेको भनेका छन् ।

यसअघि अधिवक्ता दीपकराज जोशीसमेतले अधिकारीले चार्टर्ड एकाउण्टेन्ट उपाधि हासिल गरेको र सो उपाधीलाई स्नातकोत्तर मान्न नसकिने भन्दै उनको नियुक्ती प्रक्रिया नै रद्द गर्न माग गरेर अदालतमा रिट निवेदन दिएका थिए । सोही निवेदनको विरुद्ध गभर्नर अधिकारीले २६ माघमा लिखित जवाफ दिएको समाचार क्लिकमान्डुले सार्वजनिक गरेको छ ।

गभर्नर अधिकारीको जवाफको पूर्ण पाठ यस्तो छः


प्रतिक्रिया दिनुहोस्