ड्रिम इन्टरनेशनल होटलले आइपीओ ल्याउँदै « Arthapath.com
६ बैशाख २०८१, बिहीबार

ड्रिम इन्टरनेशनल होटलले आइपीओ ल्याउँदै



काठमाडौं । ड्रिम इन्टरनेशनल होटलद्वारा साधारणमा शेयर जारी गर्ने निणर्य गरेको छ । पब्लिक कम्पनीमा रुपान्तरण गरी सेयर निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ ।

होटेलले आयोजित कार्यक्रममा ड्रिम इन्टरनेशनल होटलको तर्फबाट अध्यक्ष गोपाल राना र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

पर्यटन उद्योगमा फरक पहिचान बनाएको ड्रिम ग्रुप अन्तर्गतको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारणलाई समेत पर्यटन उद्योगमा जोड्ने लक्ष्यसहित सार्वजनिक शेयर निष्काशन प्रक्रिया अगाडी बढाईएको होटलका अध्यक्ष गोपाल रानाले जानकारी दिएका छन् ।

पश्चिम नेपालकै व्यापारिक तथा पर्यटकीय शहर बुटवलमा रहेको ड्रिम इन्टरनेशनल होटलले सहलगानी गर्दै देशका ७ वटै प्रदेश तथा पर्यटकीय गन्तव्यहरुमा होटल स्थापना गर्ने योजना बनाएको छ र छिटै नै शेयर आईपिओ जारी गरी उक्त योजनानुसार कामहरु सम्पन्न गर्ने अध्यक्ष रानाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्