सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
११ बैशाख २०८१, मंगलवार

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आज (मंगलबार) सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ५ सय रुपैयाँ कारोबार भएको छ । सोमबार प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेर १६ सय ६० रुपैयाँमा कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्