ह्वासिन सिमेन्टका लागि ६ अर्ब ६३ करोड रुपैयाँ थप लगानी स्वीकृत « Arthapath.com
११ बैशाख २०८१, मंगलवार

ह्वासिन सिमेन्टका लागि ६ अर्ब ६३ करोड रुपैयाँ थप लगानी स्वीकृत



काठमाडौँ । नेपाल लगानी बोर्डको बैठकले ह्वासिन सिमेन्ट नारायणी परियोजनाका लागि ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ थप लगानी स्वीकृत गरेको छ। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्षतामा बसेको ५८ औँ बोर्ड बैठकले चिनियाँ कम्पनी ह्वासिनको नारायणी परियोजनाका लागि थप लगानी स्वीकृत गरेको हो।

नेपाल लगानी बोर्डको बैठकले ह्वासिन नारायणी सिमेन्ट परियोजनाको लागि ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ थप लगानी स्वीकृत गरेको छ ।

बसेको बोर्डको बैठकले डाबर नेपाल प्रालिको विस्तृत परियोजना प्रतिवेदन जानकारीमा लिई लगानी सम्झौता वार्ता अगाडि बढाउन बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

डाबर नेपालले क्षमता विस्तार तथा उत्पादन विविधीकरणका लागि ९ अर्ब ६८ करोड रुपैयाँ पुनर्लगानीका लागि प्रस्ताव गरे अनुसार सो परियोजनाको स्वीकृत परियोजना प्रतिवेदन बोर्डले मूल्याङ्कन गरेपछि वार्ता प्रक्रिया अगाडि बढाउने निर्णय भएको बोर्डले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्