एलआईसी नेपालले बनायो सेयरधनीको हात खाली « Arthapath.com
१८ बैशाख २०८१, मंगलवार

एलआईसी नेपालले बनायो सेयरधनीको हात खाली



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ ।

वैशाख १७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट बोनस तथा लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यो सँगै कम्पनीका सेयरधनीको हात खाली हुने भएको छ ।

बैठकले सोहि बमोजिम कम्पनीको वित्तीय विवरण स्वीकृतीका लागि बीमा प्राधिकरणमा पेश गर्ने तथा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभामा स्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्