नेपालका १० ठूला बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्न ५ लेखापरीक्षक छनोट « Arthapath.com
१८ बैशाख २०८१, मंगलवार

नेपालका १० ठूला बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्न ५ लेखापरीक्षक छनोट



काठमाडौं । नेपाल राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्न ५ वटा लेखापरीक्षक छनोट गरेको छ। राष्ट्र बैंकका अनुसार बैंकहरुको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्नको लागि परामर्श सेवाका लागि ५ वटा कम्पनी सर्टलिस्ट भएको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा गर्न लागेको १० वाणिज्य बैंकको बाह्य लेखापरिक्षणका लागि २ नेपालीसहित ३ वटा विदेशी लेखापरीक्षक कम्पनी छनोट गरेको हो।

यसको लागि राष्ट्र बैंकले चैत दोस्रो साता टेण्डर आह्वान गरेको थियो । आवेदन दिएका कम्पनी मध्ये बाट ५ वटा सर्ट लिस्ट गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार नेदरल्याण्डको डिलोईटी फाइनान्सियल एडभाइजरी, भारत र नेपालको सीएससी एण्ड सीओ नामक जोइन्ट भेन्चर फर्म, भारतको एसआरबिए र नेपालको बिके अग्रवालको जोइन्ट भेन्चर फर्म, भारतको केपीएमजी अस्योरेंस, र पाकिस्तानको केपीएमजी तासिर हादी रहेका छन् ।

छनौट भएका अन्तर्राष्ट्रिय लेखापरीक्षकहरूले छनौट भएका १० ठूला वाणिज्य बैंकहरुको राष्ट्र बैंकले दिएको टीओआरका आधारमा लेखापरीक्षण गर्नेछ। आवेदक लेखापरीक्षकको योग्यताको आधारमा ५० प्रतिशत, अनुभवलाई ४० प्रतिशत र क्षमतालाई १० प्रतिशत अंक भार दिएर ७० प्रतिशत अंक प्राप्त गर्ने आवेदकलाई बोलकबोलमार्फत् प्रतिस्पर्धा गराइएको हो।


प्रतिक्रिया दिनुहोस्