सुपर मादी हाइड्रोपावरले बेच्यो झन्डै एक अर्बको विद्युत, कति कमायो नाफा ? « Arthapath.com
२३ बैशाख २०८१, आईतवार

सुपर मादी हाइड्रोपावरले बेच्यो झन्डै एक अर्बको विद्युत, कति कमायो नाफा ?



काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेड हाइड्रोपावर कम्पनीको नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले ९ करोड २ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, गत आवको सोही अवधिमा भने कम्पनी १ करोड ७ लाख बढी ऋणात्मक थियो ।

कम्पनीको विद्युत बिक्री अम्दानीमा उछाल आएपछि नै खुद नाफामा उल्लेख्य सुधार हुन पुगेको हो । समिक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७१.१६ गुणा बढेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको विद्युत बिक्री आम्दानी १ करोड ३२ लाख रुपैयाँ मात्रै थियो । तर, यो वर्षको सोही अवधिमा आइपुग्दा भने बढेर ९४ करोड ५५ लाख २९ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको वित्तीय खर्च पनि बढेर ५६ करोड ७९ लाख रुपैयाँ पुगेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ छ । यता, कम्पनीको जगेडा तथा कोषमा भने १० करोड ८४ लाख रुपैयाँ राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ १६ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्