लगातार उकालो लाग्दै सुनको मूल्य, आज पनि नयाँ रेकर्ड « Arthapath.com
२ असार २०८२, सोमबार

लगातार उकालो लाग्दै सुनको मूल्य, आज पनि नयाँ रेकर्ड



काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ४५ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावि सुनको मुल्य एक लाख ४४ हजार ३०० पुगेको छ ।

यसअघि विहिबार सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी तोलामा ५० रुपैयाँले घटेर प्रतितोला १९०० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्