भरतपुर महानगरले ल्यायो ६ अर्ब ५५ करोडको बजेट « Arthapath.com
१० असार २०८१, सोमबार

भरतपुर महानगरले ल्यायो ६ अर्ब ५५ करोडको बजेट



चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेको छ । महानगरले आगामी आर्थिक वर्षका ६ अर्ब ५५ करोड ८५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले पन्धौं नगर अधिवेशनमा सोमबार बजेट पेस गरेका हुन् । महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ४८ करोड ७९ लाखको बजेट ल्याएको थियो ।

आगामी बजेटमा महानगरपालिकाले आन्तरिक आय १ अर्ब ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब ४ करोड ६३ लाख, संघको राजस्व बाँडफाँडबाट ३२ करोड ४७ लाख, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट २५ करोड ७५ लाख रुपैयाँ प्राप्त हुने बताएको छ । जनसहभागिता र श्रमदानबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६० करोड र सडक बोर्ड नेपालबाट ३ करोड आय हुने बजेटले प्रक्षेपण गरेको छ ।

महानगरले आगामी आर्थिक वर्षको बजेटमा उत्पादन वृद्धिमार्फत आत्मनिर्भर महानगरपालिका, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा नगरवासीको पहुँच वृद्धि, उत्पादनमूलक रोजगारी सिर्जना, दिगो र वातावरणमैत्री पूर्वाधारलाई प्राथमिकतामा राखेको छ ।


प्रतिक्रिया दिनुहोस्