मेटमणिको प्रचण्डलाई सुझाव – देउवासँग सम्बन्ध नबिगार्नुस्, यो गठबन्धन चार महिनाभन्दा टिक्दैन « Arthapath.com
२८ असार २०८१, शुक्रबार

मेटमणिको प्रचण्डलाई सुझाव – देउवासँग सम्बन्ध नबिगार्नुस्, यो गठबन्धन चार महिनाभन्दा टिक्दैन



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवासँग सम्बन्ध नबिगार्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले प्रचण्डलाई सभापति देउवासँग सम्बन्धन नबिगार्न र चार महिनापछि फेरि प्रचण्डकै पक्षमा आउने बताए । उनले यो गठबन्धन चार महिनामै परिवर्तन हुने दाबी गर्दै कांग्रेस सभापति देउवालाई संसद विघटनको साक्षी नबस्न आग्रह गरेका थिए ।

चौधरीले प्रधानमन्त्री प्रचण्डलाई आफुहरु सधै साथमा रहेपनि आफुहरुलाई भने बेला बेलामा छोड्ने गरेको गुनासो गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्