मिथिला लघुवित्तको प्रगति सन्तोषजनक « Arthapath.com
२५ श्रावण २०८१, शुक्रबार

मिथिला लघुवित्तको प्रगति सन्तोषजनक



काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म मिथिला लघुवित्तको नाफा उल्लेख्य बढेको छ । सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी बढेसँगै नाफा पनि बढेको हो ।

सो अवधिसम्म ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६०.८४ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले २ करोड ९५ लाख ५९ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

गत असार मसान्तसम्म संस्थाले १४ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५६.०२ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले ९ करोड ४४ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिसम्म संस्थाले ५ करोड ९३ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । जुन रकम अघिल्लो आवको तुलनामा ३०२६.६४ प्रतिशतले बढी हो ।

संस्थाको खराब कर्जा अनुपातमा कमी आएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ४.७८ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३.३९ प्रतिशतमा सीमित बनेको छ ।

चुक्ता पुँजी १९ करोड ६० लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा १२ करोड ७८ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) २४.२६ रुपैयाँ,प्रतिसयर नेटवर्थ १६५.२२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५५३.८४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५६.८५ गुणा र तरलता अनुपात ७.०९ प्रतिशत रहेको छ ।

समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन १ अर्ब ४ करोड र कर्जा प्रवाह २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्