पर्यटन विकासका लागि राष्ट्रिय ध्वजाबाहकसँग जोडेर के दिए व्यवसायीले सुझाव ? « Arthapath.com
२२ पुष २०८१, सोमबार

पर्यटन विकासका लागि राष्ट्रिय ध्वजाबाहकसँग जोडेर के दिए व्यवसायीले सुझाव ?



काठमाडौं । पर्यटनसँग सम्बद्ध विभिन्न संघ सस्थाले नेपालको पर्यटन बिकास र विस्तारका लागि नेपाल वायुसेवा निगमको स्तरोन्नती सहित मुख्य स्रोत बजारमा सेवा सञ्चालन गर्न सुझाव दिएका छन् ।

आइतबार आयोजित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसँगको छलफलमा पर्यटन सम्बद्ध विभिन्न संघ सस्थाले नेपालको पर्यटन बिकास र बिस्तारको लागि नेपाल वायुसेवा निगमको स्तरोन्नती सहित मुख्य स्रोत बजारमा सेवा बिस्तार गर्न शुझाब दिएका हुन् ।

यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई सेवा प्रदायक र नियामक निकायका रुपमा विभाजन गर्ने विधेयक मन्त्रिपरिषदबाट स्वीकृत भएकोमा समेत मन्त्री पाण्डेलाई धन्यवाद व्यक्त गरेका छन् ।

यो विधेयक संसदले पास गरे युरोपबाट नेपालमा पर्यटनकको वृद्धि हुने उनीहरुको भनाइ थियो । पर्यटनको विकासकालागि पर्यटन बोर्ड मार्फत अन्तर्राष्ट्रिय बजारमा आक्रमक प्रवर्ध्दन गर्न पनि सुझाव दिएका छन् ।

यस्तै लुक्लामा हेलिकोप्टर उडानमा भएको समस्याले समेत पर्यटनमा समस्या हुने भनाइ थियो । छलफलमा मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै नितिगत सुधारमा सहयोग गर्न समेत आग्रह गर्नु भएको थियोे । हरेक महिना यस्ता छलफल गर्ने समेत सहमति भएको  छ ।


प्रतिक्रिया दिनुहोस्