नेप्से सूचक ५४ अंकले घट्दा यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी

आइतबार नेपाल स्टक एक्सचेञ्च नेप्से ५४.६२ अंकले घटेको छ । गत बिहिबार १२.३८ अंकले घटेको बजार आज पनि २.०४ प्रतिशतले घटेर २६ सय ६४ दशमलव ६८ विन्दुमा झरेको छ ।
सेयर बजारमा भारि गिरावट आउँदा काराेबार रकम भने बढेकाे छ । यसदिन ३१७ कम्पनीकाे १ कराेड २३ लाख ७१ हजार कित्ता सेयर ६ अर्ब ३२ कराेड १ लाख ४१ हजारमा किनबेच भएकाे छ।
गत बिहिबार ९५ लाख ९९ हजार ३४३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड १३ लाख ११ हजार रुपैयाँकाे काराेबार भएकाे थियाे ।
आज सबै भन्दा बढी हिमालयन रि इन्स्याेरेन्स कम्पनीले ४२ कराेड ६ लाख ३४ हजार ९ सय ८१ रूपैयाँकाे काराेबार भएकाे छ । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलमेन्ट लिमिटेडकाे कराेड ३५ लाख ९९ हजार ५३, नेपाल रिइन्स्याेरेन्स कम्पनीकाे ३४ कराेड ८२ लाख ७२ हजार, युनाइटेड माेदी हाइड्राेपावरकाे २० कराेड ४५ लाख १३ हजार, सिन्धु विकास बैंककाे १९ कराेड ४९ लाख ८३ हजार, नारायणी डेभलपमेन्ट बैंक १६ कराेड ८५ लाख ९७ हजार, सिइडिबी होल्डिङ लिमिटेडकाे १४ कराेड ३१ लाख १८ हजार, घलेम्दी हाइड्रो लिमिटेडकाे १२ कराेड ९६ लाख ७५ हजार, महालक्ष्मी विकास बैंक १२ कराेड १ लाख ४९ हजार र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडकाे ८ कराेड ६० लाख २३ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।