लगातार दोस्रो दिन पनि बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि « Arthapath.com
१४ चैत्र २०८१, बिहीबार

लगातार दोस्रो दिन पनि बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक लगातार दाेस्राे दिन पनि बढेकाे छ । साताकाे अन्तिम काराेबार दिन बिहिबार नेप्से परिसूचक ४१.४३ अंकले घटेकाे छ । आज १. ६५ प्रतिशतले बढेकाे नेप्से २ हजार ६ सय ६३ दशमलव ३० बिन्दुमा उक्लिएकाे हाे ।

यस्तै यसदिन काराेबार रकममा पनि सुधार आएको छ । आज ३०९ कम्पनीकाे ९७ लाख ७२ हजार १९६ कित्ता सेयर ५ अर्ब २२ कराेड ३० लाख ८३ हजार रूपैयाँमा काराेबार भएकाे छ ।

आज २२७ कम्पनीकाे सेयर मूल्य बढेका छन् भने १६ वटाकाे सेयर मूल्य घटेका छन् । यसदिन ट्रेडिङ समुहका उपसूचक सर्वाधिक ६. ०९ प्रतिशतले बढेका छन् । यस्तै आज माइक्राे फाइनान्स र लगानी समुह क्रमशः २.२२ र २.२० प्रतिशतले बढेका छन् ।

काराेबारका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्याेरेन्स कम्पनी सबैभन्दा अगाडी छ । यस कम्पनीले आज ५१ कराेड १८ लाख १७ हजार ७१४ रूपैयाँकाे काराेबार गरेकाे छ । यस्तै दाेस्राेमा नेपाल रिरिइन्स्याेरेन्स कम्पनी २७ कराेड ७ लाख ६९ हजार, तेस्राेमा २५ कराेड ३३ लाख ६५ हजार, सिइडिबी हाेल्डिङ लिमिटेडले २० कराेड ४९ लाख ४८ हजार र ग्रिन डेभलपमेन्ट बैंकले १८ कराेड ९४ लाख ४१ हजार रूपैयाँकाे काराेबार गरेकाे छ ।


प्रतिक्रिया दिनुहोस्