सेयर बजारमा ३२ अंककाे करेक्सन

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सोमबार दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३.३५ अंक बढेर २७०३.३९ विन्दुमा बन्द भएको नेप्से, यस दिन ३२.४५ अंकले घटेर २६ सय ७० दशमलव ९४ विन्दुमा झरेको छ ।
नेप्से परसूचकसँगै आज काराेबार रकम पनि घटेकाे छ । यसदिन ३२२ कम्पनीका १ कराेड १४ हजार ८६६ कित्ता सेयर ५ अर्ब ६५ कराेड ८९ लाख ७३ हजार रूपैयाँमा काराेबार भएकाे छ ।
गत बिहिबार १ करोड ५५ लाख २ हजार ९९८ कित्ता सेयर ७ अर्ब ८४ करो ४६ लाख ४२ हजार रूपैयाँमा कारोबार भएको छ ।
आज सबै समुहका उपसूचकहरू घटेका छन् भने व्यापार समुह सर्वाधिक ३.३० प्रतिशत र फाइनान्स समुह २.०६ प्रतिशतले घटेकाे छ ।
घटेकाे बजारमा बुटवल पावर कम्पनी लिमिटेडकाे सेयर मूल्य सर्वाधिक ६.७५ प्रतिशतले बडेकाे छ । यस्तै यसदिन हिमालयन पावर पार्टनरकाे सेयर मूल्य ५.३५ प्रतिशतले घटेकाे छ ।