यी हुन् बजार घट्दा सेयर मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । नेपाली बजारमा सोमबार सेयर बजारमा गिरावट आएको छ । आज २३ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने, २२१ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज सबै भन्दा धेरै सेयर मूल्य बढ्नेमा बराहि हाइड्रोपावर कम्पनी रहेको छ । बराहि हाइड्रोपावर पावर कम्पनीको सेयर मूल्य ७.४६ प्रतिशत वृद्धि भई १ हजार १ सय १२ दशमलब ७२ रुपैयाँ पुगेको छ ।
यस्तै आज बुटवल हाइड्रोपावरको सेयर मूल्य ६.६३ प्रतिशत वृद्धि भई ४२३. ५३ रूपैयाँ पुगेकाे छ । सिन्धु बिकास बैंककाे सेयर मूल्य ६.४४ प्रतिशत वृद्धि भई १,१७६.७४ रुपैयाँ पुगेको छ ।
त्यसैगरी उन्नति सहकारी लघुिवत्त वित्तीय सस्थाकाे सेयर मूल्य ६.११ प्रतिशत वृद्धि भई १,७४०.२६ रूपैयाँमा पुगेकाे छ । कुमारी सबल याेजनाको सेयर मूल्य ४.६० प्रतिशत वृद्धि भई ९.३३ रुपैयाँ पुगेको छ ।
सयपत्रि हाइड्रोपावरको सेयर मूल्य ४.२८ प्रतिशत वृद्धि भई ७९७.९३ रुपैयाँ पुगेको छ । नवील डेभेन्सरकाे सेयर मूल्य २.८७ प्रतिशत वृद्धि भई १,११० रुपैयाँ पुगेको छ । गार्डिन माइक्राे लाइफ इन्सुरेन्सकाे सेयर मूल्य २.८२ प्रतिशत वृद्धि भई २,४९२.४९ रुपैयाँ पुगेको छ ।
आत्मनिर्भर लघुिवत्त वित्तीय संस्थाकाे सेयर मूल्य २.६९ प्रतिशत वृद्धि भई ५,१६०.९० रुपैयाँ पुगेको छ भने एनअाइसि एसिया रिणपत्रकाे सेयर मूल्य २.१४ प्रतिशत वृद्धि भई १,०५२ रूपैयाँमा पुगेकाे छ ।