बागलुङ गलकोटकाे सडक ‘ट्रयाक’ खुलेको करिब २२ वर्षपछि कालोपत्र गरिँदै

काठमाडौंं । बागलुङ गलकोट नगरपालिका–६ स्थित मजुवा–नेपाने सडक करिब ‘ट्रयाक’ खुलेको २२ वर्षपछि कालोपत्र गरिदै छ ।
करिब ८ किलोमिटर लामो रहेको यो सडक विसं २०६० मा ‘ट्रयाक’ खुलेको थियो । सो सडक खुलेको लामो समयसम्म स्तरोन्नति नहुँदा बर्खामा हिलाम्य र हिउँदमा धुलोले आजित बनेको गलकोटकाे सडक कालोपत्र हुदा अब आवतजावत गर्न समस्या नहुने भएिश्चात गलकाेटबासी खुशी भएका छन् ।
गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटले गल्काेट सडक कालोपत्र गर्न लागिएकाे हो । साे कार्य पूर्वाधार विकास कार्यालय बागलुङमार्फत काम भइरहेको छ ।
निर्माण कम्पनीले पहिलो चरणमा करिब २ किलोमिटर सडक कालोपत्रका गर्नका लागि २ करोड १३ लाख १४ हजार ७२६ मा जिम्मा पाएको पूर्वाधार विकास कार्यालय बागलुङका इञ्जिनियर चन्द्र पुनले जानकारी दिएका छन् । उनका अनुसार हालसम्म ८० प्रतिशत काम सकिएको र सडक कालोपत्रका लागि एम-एस जेभीले जिम्मा पाएको उनको भनाइ छ ।
गत बर्ष जेठ १८ गते सडक निर्माणका लागि सम्झौता भएको र अब काम गर्ने समयावधि आगामी असार १८ गतेसम्म रहेको इञ्जिनियर चन्द्रले बताएका छन् । यस वर्ष नाली निर्माण, कालोपत्र तथा ढलानको काम भएको इञ्जिनियर चन्द बताउछन् । निर्माण कम्पनीले तीव्र गतिमा काम गरेको हुँदा समयमै सकिने सम्भावना रहेको उनले बताए ।
गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले सडक खुलेको २ दशकसम्म कालोपत्र नहुँदा नागरिकलाई यात्रा र सामान ढुवानी गर्न समस्या भएको बताएका छन् । नगरपालिकाको सडक कालोपत्रका लागि बजेट कम हुने हुँदा अहिलेसम्म गर्न नसकिएको उनको भनाइ छ । प्रदेश सरकारले गत वर्षदेखि चासो दिएर बजेट विनियोजन गरेपछि काम भएको भण्डारीले बताए ।
प्रवक्ता भण्डारीले भने, “यो सडकले गलकोटमा थुप्रै गाउँबस्तीलाई जोडेको छ, बर्खा लाग्ना साथ गाडी हिलोमा फस्ने हुँदा निकै सास्ती थियो, हिउँदमा धुलोले सडक छेउका घरहरु ढपक्कै ढाकिन्थे, अब त्यो समस्या समाधान हुने भयो, गाउँमा किसानले उत्पादन गरेका तरकारी तथा फलफूल पनि सहज रुपमा बजार ल्याउन सकिने भएको छ, यसबाट सबैभन्दा बढी किसान लाभान्वित हुने छन् ।”