प्रतिनिधिसभा र राष्ट्रियसभाको दुबै संसदको बैठक आज एकै दिन बस्दै, यस्ता छन कार्यसूची

काठमाडौं । बिहिबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक र सवा १ बजे राष्ट्रियसभाको बैठक गरि संघीय संसदको दुबै बैठक आज एकै दिन बस्दै छ ।
प्रनितिधिसभाको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक बर्ष २०८२/०८३ को रावस्व र व्ययको बार्षिक अनुमानको बजेटमाथि छलफल गरिने भएको छ ।
सम्माननीय सभामुखले प्रतिनिधिसभा अन्तर्गतको बिषयगत समितिहरुमा माननीय सदस्यहरुको हेरफेरमाथि छलफल हुने कार्यसुचि तय गरिएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति रामहरि खतिवडाले संघिय निजामति सेवा विधेयक सम्बन्धि समितिको प्रतिबेदन, २०८२ पेस गर्ने कार्यसुचि तय भएको संसद सचिवायलले जनाएको छ ।
यस्तै राष्ट्रिय सभाको बैठकमा आर्थिक बर्ष २०८२/०८३ को राजस्व र व्ययको बार्षिक अनुमानमाथि छलफल हुने सचिवालयले जनाएको छ ।

