साउन २८ गतेदेखि खुल्दै सागर डिष्टिलरीको आईपीओ, क-कसले दिन पाउँछन् आवेदन ?
काठमाडाैं । सागर डिष्टिलरी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साउन २८ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ।
कम्पनीले कुल जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुने १४ करोड ५२ लाख रुपैयाँ बराबरका १४ लाख ५२ हजार कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ।
उक्तमध्ये १० प्रतिशत अर्थात १ करोड ४५ लाख २० हजार रुपैयाँ बराबरका १ लाख ४५ हजार २०० कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि छुट्याइएको हो। शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।
यस आईपीओमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले साउन २८ गतेदेखि भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि भदौ ११ गतेसम्म लम्ब्याइनेछ।
आवेदकहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ७,००० कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
















