मंगलबार सुन ९ सयले बढ्यो

काठमाडौं । मंगलबार सुन तोलामा ९ सयले बढेको छ ।आज मंगलबार तोलामा ९ सयले बढेर सुन तोलाको ९८ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।हिजो सुन तोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेर तोलामा १३ सय ९५ रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चाँदी तोलाको १३ सय ६५ रुपैयाँमा कोरोबार भएको थियो ।